भारतीय सेनाध्यक्ष रावत आज नेपालको भ्रमणमा आउँदै:कारण यस्तो छ,

काठमाण्डौं । भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै छन् ।

भारतीय सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका छन् । उनी मंगलबार (भोलि) मनाइने सेना दिवसको कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिईन् ।

नेपाली र भारतीय सेनाध्यक्षलाई एक अर्को देशको सेनाको मानार्थ महाराथी सम्मान दिने प्रचलन छ । भारतीय सेनाध्यक्ष रावत बुधबार भारत फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्