राज्यलाई छलेर ५ अर्ब खर्च

काठमाडाैं–  नेपाल रेडक्रम सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको पाइएको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद्को स्वीकृत नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावमा आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नविकरण गराएको पाइएको छ ।

रेडक्रसमा यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ । यसअघि रेडक्रसमाथि भूकम्पपीडितका नाममा आएको रकम हिनामिना गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्