अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ

काठमाडौं, पुस २३ । अमेरिका पठाइदिने भन्दै ५० लाख बढि ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको हो ।

इटहरी उप-महानगरपालिका-४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो। गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै उनी दैलेख पु्गेकी थिइन ।

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिइओ) बताउँदै कोरोना महामारीमा दैलेखमा राहत वितरण गर्ने र आफूलाई अमेरिकाको लागि भिसा पनि लागेकाले ८-१० जना लान सकिने भन्दै ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रक्राउ परेकी उनलाई पुस २१ गते देखी लागू हुने गरी जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्