प्रदेश ३ मा आज मन्त्रिपरिषद् विस्तार, प्रदेश ६ मा सभामुख चयन

काठमाडौं  ।  प्रदेश ३ मा नवनिर्वाचित मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार सपथ लिँदैछन्।

आइतबार वाम गठबन्धनले सिफारिस गरेसँगै प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

पौडेलको बिहान साढे ९ बजे सपथको तयारी भएको प्रदेश कार्यलयका सचिव चतुर्भुज ज्ञवालीले बताए। मुख्यमन्त्री भएपछि पौडेलले आजै प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछन्। उनले पहिलो चरणमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

प्रदेश ६ को सभामुख चयन प्रदेश ६ को सभामुख चयन सोमबार हुँदैछ। सभामुखमा एमालेका राजबहादुर शाहीको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध भइसके पनि सोमबारको प्रदेशसभा बैठकले मात्रै निर्विरोध भएको घोषणा गर्दैछ।

दिउँसो १ बजे अस्थायी राजधानीमा सुर्खेतमा   बस्ने प्रदेशसभा बैठकमा निर्णयार्थ पेश हुने प्रदेशसभा संसद् सचिवालयका कृष्णहरि खड्काले जानकारी दिए। प्रदेश ६ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुने र प्रदेशको सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो।

माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य तथा कालीकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुरलाई मुख्यमन्त्री बनाउने गरी दलको नेतामा चयन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्