घुससहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी रंगेहात पक्राउ

काठमाडौं, पुस २३ । सर्लाहीमा घुससहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले उनीहरुलाइ रंगेहात बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्