शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक
काठमाडौं , पुस २१ । शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का भएको छ । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेसँगै जिल्लान्तर सरुवा रोक्का हुन पुगेको हो ।
हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले बताए ।
सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर सरुवा रोक्का गरिएको कोइरालाले जानकारी दिए ।
दरबन्दी मिलानको काम सम्पन्न गर्न अझै केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको उनले बताए ।
अब केन्द्रको पूर्वअनुमति लिएकाको हकमा भने जिल्लान्तर सरुवा गर्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस्