सातै प्रदेशमा मुख्यमन्त्री तयार, सोमबारदेखि प्रदेश सरकार गठन

काठमाडौं–मुलुकमा सातै प्रदेशका मुख्यमन्त्री तयार भएका छन् ।अब औपचारिक नियुक्ती मात्र वाँकी छ ।

नेपाल संघीय ढाँचामा गएपछि पहिलो पटक सातै प्रदेशमा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता सम्बन्धित प्रदेशको मुख्यमन्त्री बन्ने व्यवस्था छ । दलका नेता चयन भैसकेका छन् ।

आइतबार प्रदेश नम्बर ४ मा एमालेले संसदीय दलको नेता चयन गरेसँगै मुलुकका सातै प्रदेशका मुख्यमन्त्री तयार भएका हुन् । ६ वटा प्रदेशमा बामगठबन्धनका र एउटा प्रदेशमा मधेशवादी दलका नेता मुख्यमन्त्री हुँदैछन् ।

आबश्यक प्रक्रियापछि अव उनीहरुलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नेछन् ।

त्यसपछि प्रदेश सरकार गठन हुनेछ ।प्रदेश मन्त्रालयको पनि टुंगो लागिसकेको छ ।मुख्यमन्त्रीको सपथसँगै शुरुमा सानो आकारको मन्त्रीमण्डल पनि बन्ने छ ।

निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।निर्वाचन आयोगले प्रदेशतर्फको अन्तिम नतिजा माघ ५ गते सार्वजनिक गरेको थियो ।

प्रदेशसभाले मुख्यमन्त्री चयन गरेपछि मुख्यमन्त्रीले नै मन्त्रीपरिषद गठन गर्ने व्यवस्था छ ।यसरी प्रदेशको मुख्य मन्त्री चुनीसकेपछि उसैको नेतृत्वमा प्रदेश मन्त्रीपरिषद गठन हुन्छ ।मुख्यमन्त्रीमा प्रदेशको सबै कार्यकारिणी अधिकार निहित हुने संविधानमा व्यवस्था छ ।

प्रदेश प्रमुखले नै मुख्यमन्त्री र प्रदेशमन्त्रीलाई सपथ खुवाउने छन् ।

प्रतिक्रिया दिनुहोस्