थप ६ संक्रमितको मृत्यु, ४१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पुस १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।यसैगरि बितेको २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोनाभाइरसस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । बितेको २४ घण्टामा मात्रै ७५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार ७११ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्