ओली र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता, शक्ति बाँडफाँटमा कुरा मिलाउने प्रयास

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार (आज) एक्लाएक्लै वार्ता हुँदैछ।

एमाले स्थायी कमिटीको बैठक सकिए लगत्तै ओली र प्रचण्डबीच वान टु वान वार्ता हुने एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।  ओली र प्रचण्डबीच पार्टी एकताका लागि शक्ति बाँडफाँटमै कुरा नमिलेपछि पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन।

ओली र प्रचण्डबीच सहमति भएपछि एकता संयोजन समितिको बैठक बसेर टुङ्गो लगाउने तयारी भएको छ।

पार्टी एकता संयोजन समितिको बैठकका लागि ओली र प्रचण्डबीच आज हुने ‘वान टु वान’ वार्ताले निर्देशन दिने नेताहरुले बताएका छन्। एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष आफूनै हुने बताएपछि दुई दलबीचको दुरी बढेको छ।

प्रतिक्रिया दिनुहोस्