लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं, पुस १६। लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा, बानेश्वरको निर्देशनमा उनलाई प्रहरीले पर्साबाट पक्राउ गरेको हो।

प्रदेश नं। २ प्रहरीका अनुसार पक्राउ परेका अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ।

किसानको उखुको रकम समयमा भुक्तानी नगरेपनि गृह मन्त्रालयले चिनी उद्योगीहरुलाई पक्राउ गर्ने निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्