थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ७ जानको मृत्यु

काठमाडौं, पुस १५ । पछिल्लो  २४ घण्टामा नेपालमा ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा ५११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

आज ६०० जना डिस्चार्ज भएका छन्।आज काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना गरी जम्मा ३२१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डा। गौतमका अनुसार गत आइतबारदेखि आजसम्म दुई हजार ३५९ जनामा संक्रमण पुष्टि भएको छ भने दुई हजार ७८० जना संक्रमणमुक्त भएका छन्। यही अवधिमा कोरोना भाइरसबाट २८ जनाको निधन भएको छ।

डा। गौतमले आज देशभर ६ हजार ३०० जना सक्रीय संक्रमण रहेका जानकारी दिए।आजसम्म १९ लाख २६ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्