अाज देशैभरकाे मौसम बदली, केही स्थानमा पानी पर्ने संभावना

काठमाडौं । आज देशैभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको पनि उसले जनाएको छ । महासाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको हो । पश्चिमबाट भित्रिएको पश्चिमी वायु विस्तारै पूर्व जाने भएकाले देशका धेरै ठाउँमा आंशिक बदली हुने अनुमान गरिएको मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यका बिहानैबाट घाम लागेको भएपनि अहिले मौसम धुम्मिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन । पिश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली आएको कँडेलले बताईन। पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव एक दुई दिन रहने पनि उनले बताइन ।।

प्रतिक्रिया दिनुहोस्