मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दाको सुनुवाई सऱ्यो, अब कहिले ?

काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सुनुवाई सरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाई सरेको हो।

फुलकोर्टको बैठक भएकाले एकल इजलाशले पाँच थान मुद्दाको मात्र सुनुवाई गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दुई थान निवेदन दर्ता गराएका थिए। बुधबार सरेको पेशी अर्को दिन फेरि तोकिनेछ। बिहीबार र शुक्रबारमध्ये एक दिन सुनुवाईको पेशी तोकिनेछ।

यता रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिपति कार्यालयलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्