एसईईका लागि रजिष्ट्रेसन फारम खुल्यो, परिक्षा जेठमा

काठमाडौं, पुस १५ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको एसईई परीक्षाका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ। आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबुवाको नाम ठीकसँग भरे नभरेको रुजु गरी माघ मसान्तभित्र बोर्डमा पठाउन पनि भनिएको छ।

यसैगरी खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत् विद्यार्थीले पनि सोही मितिभित्र रजिष्ट्रेसन र आवेदन दुवै फाराम भर्नुपर्ने बोर्डले जनाएको छ।

रजिष्ट्रेसन फारामका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ। विद्यालयले आपना विद्यार्थीले भरेको रजिष्ट्रेसन फारम रुजु गरी माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वयमा पठाउनु पर्ने बोर्डले जनाएको छ। यसैबीच परिक्षा भने जेठमा हुने भएको छ ।

भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना नरहेको बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले बताए । कोरोनाका कारणले पनि यसपलाी ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्