नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं , पुस १४ । नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मंगलवार वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

अधिवक्ता डाक्टर त्रिपाठीको रिटमा नवनियुक्त मन्त्रीहरूलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश माग गरिएको छ ।

गत शुक्रवार मात्रैप्रधानमन्त्री केपी शर्मा ओलीले सातजना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्