कोरोना महामारी : १७ लाख नेपालीको गुम्यो रोजगारी
काठमाडौं, पुस १४ । कोरोना महामारीले आममानिसको रोजगारी गुमेको छ । कोरोनाको प्रभाव देशको अर्थतन्त्र लगाएत अन्य क्षेत्रमा परेसँगै धेरैको रोजगारी गुमेको हो ।
यसैबीच कोरोना (कोभिड १९) ले गर्दा स्वदेश तथा विदेशमा गरि १७ लाख बढि नेपालीले रोजगारी गुमाएका छन् ।राष्ट्रिय योजना आयोगका अनुसार कोभिड १९ का कारण देशैभित्र सबैभन्दा बढिले रोजगारी गुमाएका छन् ।
कोभिडका कारण विदेशमा ३ लाखले रोजगारी गुमाएका छन् भने देशभित्र ९ लाखको रोजगारीको गुमेको छ ।यस्तै वार्षिक ५ लाख नेपाली श्रम बजारमा भित्रिने गर्छन् । यसै तथ्याकं अनुसार हाल १७ लाख बेरोजगारी भएको देखिएको हो ।
यस अनुसार तत्काल १० लाख लाई व्यवस्थापन गर्नुपर्ने देखिएको आयोगले जनाएको छ ।नेपालबाट वार्षिक ४ लाख हाराहारीमा नेपाली बाहिरिने गरेको आयोगको तथ्याकं छ ।यसै तथ्याकं अनुसार पनि यस वर्ष ४ लाख बाहिर जान नसक्दा पनि बेरोजगारी बढेको आयोगको आँकलन छ ।
आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा कोरोनाले पारेको प्रभाव सम्बन्धि अध्ययन गरेको थियो ।आयोगले १ सय १२ देशमा रहेका नेपालीमा गरेको अध्ययन अनुसार ३५ लाख नेपाली अन्य देशमा छन् ।
ति देशमा रहेका ३२ लाख नेपाली ६ महिना भन्दा बढि बस्ने गरेका छन् ।ति नेपालीहरु ६ लाख फर्कने अवस्थामा छन् ।त्यसमध्ये ४ लाख नेपाली कोभिडका कारण तत्कालै फर्कनुपर्ने अवस्थामा छन् ।
तर सरकारी तथ्याकं अनुसार हालसम्म १ लाख ९४ हजार नेपाली स्वदेश फर्किएका छन् । १० लाख नेपालीलाई भने तत्कालै रोजगारीको आश्यकता रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्