काठमाडौंमा १ सय १० जना मापसे कारवाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा शनिबार १२ सय ३४ जनालाई कारवाही गरेको छ । प्रहरीले ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षकसिताराम हाछेथुका अनुसार शनिबार मादक पदार्थ सेवन(मापसे) गरेर सवारी चलाउने १ सय १० जनासहित १२ सय ३४ जना पक्राउ परेको जानकारी दिए ।

त्यसबाहेक शनिबार झैझगडा गर्ने साथै अन्य अनुसन्धानका लागि १ सय ७ जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्