ट्रकको ठक्करबाट गुल्मीमा दुई युवकको मृत्यु

काठमाडौं, पुस १२ । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु भएको छ । । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए ।

बुटवलबाट तम्घास आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले आज बिहान करीब २ः०० बजे रेसुङ्गा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्