स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

काठमाडौं, पुस १२ । रौतहटमा स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।

रौतहटको गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६र६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्