पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं , पुस ९ । कोरोना संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताए ।
डा. शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५: २० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८:० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ । हिजो मात्रै कोरोनाबाट ५ जनाको ज्याज गएको थियो ।
प्रतिक्रिया दिनुहोस्