प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस जारी, कस्तो आउला निर्णय ?

काठमाडौँ, पुस ८ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदनको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा सुनुवाइ जारी छ ।

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई दायर भएका १३ रिट निवेदनमध्ये प्रधानन्यायाधीशको एकल इजलासमा १२ वटाको सुनुवाइ सुरू भएको हो । एउटा रिट निवेदनको भने शुक्रबार सुनुवाइ हुने तय भएको छ ।

विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मङ्गलबार रिट निवेदन दायर गरेका थिए ।

नेपाली राजनीतिमा निर्णायक मोड दिने तथा कानूनी व्याख्यामा नयाँ दिशाबोध गर्ने यो मुद्दालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्