सुनको मूल्यमा गिरावट , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, पुस ७ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

सोमबारको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि आज ओरालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार चाँदीको मूल्य वृद्धि भई प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्