प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध

काठमाडौं- प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्।

शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। दिउँसो १ बजेसम्म मनोनयनका लागि दिइएको समयभित्र श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो।

प्रदेश ३ मा एमालेलाई बहुमत प्राप्त छ। १ सय १० जनाको प्रदेशसभामा एमालेबाट ५८ सांसद छन्। श्रेष्ठ एमालेभित्र पार्टी अध्यक्ष केपी ओली पक्षका हुन्। सो प्रदेशमा एमालेले माओवादीसँग मिलेर प्रादेशिक सरकार चलाउनेछ।

प्रतिक्रिया दिनुहोस्