कृष्ण पहाडीसहित संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडौं, पुस ६ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा आएका मानव अधिकारवादीको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गर्न आएका नागरिक समाजका अगुवा कृष्ण पहाडीसहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दक्षिण गेट नजिकै जिल्ला समन्वय समितिको भवन अगाडी ब्यानरसहित प्रदर्शन सुरु गरेका उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखी लगिएका उनीहरुलाई भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले संसद विघटन गरेसँगै यति बेला सडकमा प्रर्दशन चर्कीएको छ । काठमाडौंका सडकमा पर्दशन भएपछि ठाउँ ठाउँमा सरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्