डब्लुएचओमा सूचीकृत नभए पनि कोरोना विरुद्धको खोप नेपाल आउने

काठमाडौं, पुस ४ । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ।

खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो।

पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथौ नेपालको औषधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ।

अहिले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता भएको, त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र औषधि विभागमा दर्ता भएपछि नेपालमा ल्याएर लगाउन मिल्ने छ। सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन गरी जारी गरेको छ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले सोही अध्यादेशअनुसार कोभिड–१९ विरुद्धको खोप डब्लुएचओले सूचीकृत नगरे पनि नेपालमा ल्याएर नागरिकलाई दिन सकिने बताए।

अहिलेसम्म डब्लुएचओले कोभिड–१९ विरुद्ध बनेका कुनै पनि खोपलाई सूचीकृत र आकस्मिक प्रयोगका लागि सूचीकृत गरेको छैन। त्यही भएर नेपालले कोभिड–१९ विरुद्ध उत्पादन गरेको मुलुकको नियमनकारी निकायमा दर्ता र त्यहाँका नागरिकलाई लगाएको आधार तथा नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको अवस्थामा यहाँका नागरिकलाई खोप दिनेछ।

अहिले कोभिड–१९ विरुद्धको खोप फाइजर एण्ड बायोएनटेक, मोडेर्ना ९अमेरिका०, अक्सफोर्ड–एस्ट्राजेनेका ९बेलायत०, ‘स्पुतनिक–भी’ र ग्यामेलिया ९रुस० तथा ‘साइनोभ्याक्स’ ९चीन० का खोप अहिले अन्तिम परीक्षणमा छन्।

खोप शाखाका निर्देशक डा गौतमका अनुसार अहिले फाइजर र मोडेर्ना कम्पनीका खोप मात्र उत्पादन गरेका मुलुकमा दर्ता भई त्यहाँका नागरिकले लगाएका छन्। दुवै अमेरिकी कम्पनी हुन्। फाइजर कम्पनी अमेरिका र बेलायत दुवै देशमा दर्ता भएको छ। अक्सफोर्ड–एस्ट्राजेनेका ९बेलायत०, ‘स्पुतनिक–भी’ र ग्यामेलिया ९रुस० तथा ‘साइनोभ्याक्स’ ९चीन० का कम्पनी अन्तिम परीक्षणको रूपमा रहेका छन्।

खोप शाखाले ‘कोभ्याक्स सुविधा’ मार्फत ल्याउन खोपको भण्डारणका लागि तयारी थालेको छ । शाखाका निर्देशक डा गौतमका अनुसार अहिले एक लाख ९० हजार लिटर क्षमता राख्न सकिने भण्डारण रहेको बताए।

प्रतिक्रिया दिनुहोस्