पाकिस्तानमा ७ जनालाई फाँसीको सजाय

काठमाडाैँ – पाकिस्ताको विशेष सैन्य अदालतले आतंकवादी गतिविधिमा संलग्न सात जना विरुद्ध मृत्युदण्डको सजाय सुनाएको छ ।

सन २०१४ मा पेशावर स्कुलमा भएको आतंकवादी हमलामा संलग्न भएको पुष्टि भएसंगै उनिहरुलाई मृत्यु दण्डको सजाय सुनाइएको पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले जानकारी दिए ।

उक्त हमलामा विद्यार्थी सहित १५० जनाको मृत्यु भएको थियो । अदालतले सजाय सुनाएसंगै अब सातैजनालाई फाँसी दिइने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्