प्रदेश नम्बर ३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै

काठमाडौं – प्रदेश नम्बर ३ र ७ को प्रदेशसभाले शनिबार आफ्नो सभामुख उपसभामुख चयन गर्दैछ । हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको हो ।

सभामुखमा वाम गठबन्धनबाट एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी कन्द्रकी राधिका तामाङ्गको नाम तय भएको छ । कांग्रेसले भने सभामुख र उपसभामुख दुवैजनाको विपक्षमा मतदान गर्ने तर आफ्नो उम्मेद्वार भने नउठाउने बताएको छ ।

प्रदेश नम्बर ७ को सभामुखको चयन पनि शनिबार नै हुँदैछ । ७ नम्बर प्रदेशको सभामुखका लागि वाम गठबन्धनका तर्फबाट एमालेका अर्जुनबहादुर थापालाई सभामुखको उम्मेदवार बनाउने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्