थप १४ संक्रमितको मृत्यु, ९३६ मा सङ्क्रमण, कूल सङ्क्रमितको २ लाख ५० हजार नाघ्यो
काठमाडौं, मंसिर ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७३० पुगेको छ । यसैबीच नेपालमा गत २४ घण्टामा ९ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ७,११७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
हालसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १८० पुगेको छ।
प्रतिक्रिया दिनुहोस्