सिंचाइ मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता
काठमाडौं । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।
बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोलाङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
हराइरहेका तीनजना मध्य सचिव यादका छाेरा संजय यादव र परिचय खुल्न नसकेकाे एकजना किशाेरी रहेकाे घाइते चालकले जानकारी दिएकाे गजुरी प्रहरीले जनाएकाे छ । जिपमा अरु को/को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।
बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोलाङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
हराइरहेका तीनजना मध्य सचिव यादका छाेरा संजय यादव र परिचय खुल्न नसकेकाे एकजना किशाेरी रहेकाे घाइते चालकले जानकारी दिएकाे गजुरी प्रहरीले जनाएकाे छ । जिपमा अरु को/को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्