भारतमा कोरोना संक्रमित संख्या ९७ लाख नाघ्यो, थप ३२ हजारमा संक्रमण
काठमाडौँ, मंसिर २४ । भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ३२ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९७ लाख ३५ हजार ९७५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ९२ लाख १५ हजार ५८१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४०४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार ३९८ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्