उन्नतिको आईपिओ बाँडफाँड

काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म खुला गरेको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार विहान आइपिओ बाँडफाँड गरिएको हो ।

लघुवित्तको साधारण सेयर माग गरेका कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्ध भएको छ ।

बाँडफाँड प्रकृयामा दुई लाख ४४ हजार ४२७ जनालाई सहभागि गराइएको थियो । यी मध्ये १५ हजार १५ जना सर्वसाधारणलार्इ गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

लघुवित्तको सेयरमा ५२।३८ गुणा बढी रकमको आवेदन परेकाले योग्य आवेदकमध्ये दुई लाख २९ हजार ४१२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।
उन्नतिले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात ६६०० कित्ता सेयर कर्मचारी र पाँच प्रतिशत अर्थात ८२५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको उन्नति माइक्रोफाइनान्सको आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्