सात सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, मंसिर २४ । सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ। यो सुन अघिल्लो दिन ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भने आज स्थिर भाउमा कारोबार भएको छ। अघिल्लो दिन १२ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज घटबढ नभएको महासंघले जनाएको छ। सुनको मुल्यमा उतारचढाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्