सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने सिनामंगलबाट पक्राउ

काठमाडौं , मंसिर २३ । सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी पश्चात् प्रहरीले अनुसन्धान सुरू गरेको थियो । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजीका क्रममा उनलाई काठमाडौं महानगरपालिका- ९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्