आज पनि बढ्यो सुनको मूल्य , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, मंसिर २३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रूपैयाँले बढेको छ ।

सोमबार छापावाल सुन तोलामा ९२ हजार ६०० रूपैयाँमा कारोबार भएकोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६५० रूपैयाँ पुगेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज ३० रूपैयाँले बढेको छ । चाँदीको मूल्य सोमबार एक हजार २०५ रूपैयाँ तोकिएकोमा आज १ हजार २३५ कायम गरिएको छ ।बिहेको महिना भएपनि सुनको मुल्यमा भने उतारचढाव आइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्