राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसंगै दलहरू आन्तरिक छलफलमा व्यस्त

काठमाडाैँ, – राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसंगै मुख्यदलहरु आन्तरिक छलफलमा केन्द्रीत भएका छन् । निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, मधेसी गठबन्धन आन्तरिक छलफलमा जुटेका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित भएका मुख्य नेताहरु राजधानी फर्किएसंगै औपचारिक छलफलले निरन्तरता पाउने भन्दै नेताहरु आन्तरिक छलफलमा व्यस्त रहेको बताउछन् ।

अबको सरकारको नेतृत्व गर्ने नेकपा एमाले प्रदेशमा मुख्य मन्त्री, सभामुख, उपसभामुख चयन लगायतका विषयमा छलफलमा छ भने, प्रतिपक्षको भुमिका प्रभावकारी बनाउने रणनीतिमा काँग्रेस आन्तरिक छलफलमा रहेको छ । काँग्रेसका केन्द्रीत सदस्य प्रदिप पौडेलले प्रदेशसभामा संसदीय दलको नेता चयनका विषयमा अनौपचारिक छलफल जारी रहेको बताउनुभयो ।

प्रदेश र प्रतिनिधीसभाको निर्वाचन अगाबै पार्टी एकताको घोषणा गरेका एमाले–माओवादी गठबन्धनबीच पछिल्लो समय एकतामा अन्यौल देखिएसंगै नेताहरु अन्य छलफलमा व्यस्त छन् । प्रदेश नम्बर २ मा बहुमत ल्याएका मधेशी गठबन्धनले भने प्रदेश सरकार गठनमा नै आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्