गैंडाको खागसहित तीनजना पक्राउ

काठमाडौं , मंसिर २१ । गैंडाको खागसहित तीनजना पक्राउ परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका ४ बस्ने २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं महानगरपालिका १ बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरीले उक्त खाग सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्