काठमाडौँ उपत्यकामा थपिए ४६० कोरोना संक्रमित , ३५७ को आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौँ, मंसिर २० । पछिल्कालो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मुलुकभर थपिएका १ हजार २४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमितको संख्या ९० हजार ७७ पुगेको छ । जसमध्ये ५ हजार ६५१ जना सक्रिय छन् भने ८४ हजार २९ जना उपचारपछि निको भएका छन्। ३ सय ९७ जनाको मृत्यु भएको छ।
त्यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ७६३ पुगेको छ। जसमध्ये १२२ जना संक्रमितको मृत्यु भएको छ।कुल संक्रमितमध्ये १२ हजार ५१३ जना निको भएका छन् भने १ हजार १२८ जना सक्रिय छन्।
यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार १३६ पुगेको छ। जसमा ७ हजार ५५० जना उपचारपछि निको भएका छन् भने ४९३ सक्रिय संक्रमित छन् । भक्तपुरमा हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३५७ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ३१२ जना आईसीयूमा र ४५ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।आईसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ।त्यहाँ मात्र १ सय १२ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्।त्यसैगरी प्रदेश १ मा ३० जना आईसीयूमा र ६ जनाकव भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा १० जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको रहेको मन्त्रालयले जनाएको छ।यस्तै, गण्डकी प्रदेशमा ८० आईसीयूमा र ७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ६३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १० जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्