भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो
काठमाडौँ, मंसिर २० । भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ३५ हजार ८५२ जनामा संक्रमण भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७ हजार ६३२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ७१४ पुगेको छ ।भारतमा महाराष्ट्र, दिल्ली र केरला क्रमशः कोरोना भाइरसले बढी प्रभावित राज्य हुन् ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएअनुसार भारतमा कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ९० लाख ५७ हजार २८२ व्यक्ति कोरोना मुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्