बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा पहिरोमा परी एकको मृत्यु

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–६ मा रहेको रागेगौडामा गएराति १ः३० बजे आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुम्ला जिल्ला श्रीनगर घर भएका ३५ वर्षीया तेजबहादुर बुढाको मृत्यु भएकोे स्रोतले जानकारी दियो । बुढा चामल लिन बाँधु आएका बेला पहिरामा परी मृत्यु भएको हो । पहिरोमा परी मृतक बुढाका ६० भेडामध्ये १५ भेडा मरेका र चार भेडा घाइते भएको सा्रेतले जनायो ।

प्रतिक्रिया दिनुहोस्