ताइवान भुकम्पमा मर्नेको संख्या ९ पुग्यो, ६२ जना अझै सम्पर्क बाहिर

काठमाडौं । ताइवानमा मंगलबार राति गएको शक्तिशाली भुकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। पछिल्लो सुचनाअनुसार हालसम्म २ सय ६५ जनाभन्दा बढि घाइते भएका छन्।

भुकम्पका कारण ६२ जना अझै हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

अधिकारीहरुका अनुसार मृत्यु हुनेमा ३ जना पर्यटक रहेका छन्। जसमध्ये आज बिहान मात्रै फुजियान प्रान्तस्थित योन मेन तुसी ती भवनबाट २ जनाको शव निकालएको छ।

सोहि भवनबाट उद्दारकर्ताहरुले हिजो एक महिला पर्यटकको जीवितै उद्दार गरेका थिए। गम्भिर घाइते भएको अवस्थामा उद्दार गरिएकी ती महिला पर्यटकको बुधबार राति ९ बजेको समयमा मृत्यु भएको थियो। स्थानीय समयअनुसार मंगलबार राति ११ः५० को समयमा ६.५ म्याग्निच्यूडको भूकम्पको धक्का महशुष भएको थियो।

ताइवानको राजधानीबाट करिब १ सय ६० किलोमिटर दुरीमा रहेको हुवालेन सहर नजिकैको समुन्द्री टापुमा भुकम्पको केन्द्र रहेको थियाे। भुकम्पको केन्द्र नजिकैको शहर भएकोले पनि हुवालेनमा बढि क्षति पुगेको छ। सो शहरमा रहेका ठुला भवनहरु, होटल तथा अस्पतालसमेत क्षतिग्रस्त भएको जनाइएको छ।

उद्दारकर्ताहरुले भत्केका होटल तथा आवासिय क्षेत्रमा हालसम्म पनि उद्दार कार्यलाई निरन्तरता दिइरहेका छन्। भुकम्पबाट कतिपय स्थानमा घरहरु जमिनमुनि भासिएका, सडकमा चिरा परेका तथा ठुलो संख्यामा पुलहरु पनि क्षतिग्रस्त भएको बताइएको छ।

ताइवानी सरकारले उद्दार कार्यका लागि राष्ट्रिय सेनालाई खटाएको छ।

हुवालेन काउन्टीका प्रमुख फु कुन–चीले सो भुकम्पलाई पछिल्लो ५ दशकको सबैभन्दा विनाशकारी भुकम्पको संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्