झापामा कोरोना संक्रमित महिलाको अस्पताल लैजाने क्रममा मृत्यु

काठमाडौं, मंसिर १६ । झापामा उपचारका लागि अस्पताल लैजाने क्रममा एकजना कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि ३६ वर्षीया महिलालाई विराटनगर लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

सोमबार कोरोना जाँच गर्दा महिलालाई कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्