बाल यौनदुराचारको आरोपमा फ्रेन्च नागरिक पक्राउ, तीन बालकको उद्धार

काठमाडौं, मंसिर १६ । बाल यौनदुराचारको आरोपमा फ्रेन्च नागरिक पोखराबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

पोखराको खहरे बस्ने फ्रेन्च नागरिक क्रिस्चियन सर्ज हेनरी नुगरेटलाई पक्राउ गरिएको हो। साथै तीनजना बालकलाई उद्धार गरिएको पनि सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले बताए ।

उनीमाथि बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउने गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ।पक्राउ परेका उनी नन टुरिजम भिसामा नेपाल बस्दै आएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्