कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर लामिछाने अस्पताल भर्ना
काठमाडौं , मंसिर १५ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
ह्याम्स अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
उनी केही दिन अस्पतालमै रहन सक्ने अनुमान गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्