राष्ट्रियसभा निर्वाचनको मतगणना आजै, भोलिसम्ममा सबै परिणाम घोषणा

काठमाडौं। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राष्ट्रियसभा सदस्य निर्वाचन सकिएलगत्तै बुधबारै मतगणना प्रारम्भ गरी बिहीबार भोलि सम्ममा सबै परिणाम घोषणा गरिसकिने बताएका छन् ।

प्रदेश नम्बर–३ को मतदानस्थलमा पुगेका आयुक्त पौडेलले हामीसँग कुरा गर्दै केही प्रदेशको बुधबारै साँझ र बाँकीको बिहीबारसम्ममा परिणाम आउने बताए ।

राष्ट्रियसभाको परिणाम आउनेबित्तिकै प्रतिनिधिसभामा समानुपातिकतर्फको नामहरु तीन दिनभित्र आयोगमा पठाउन बिहीबार नै पत्राचार गरिने उनले बताए ।

उनले आयोगले ढिलोमा फागुन ५ गतेभित्र अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी भइरहेको जानकारी पनि दिए ।

आयोगले अन्तिम मतपरिणामको प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्