१३ औँ दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक, पूर्वाधारमै मात्र २ अर्ब ८६ करोड खर्च
काठमाडौं, मंसिर १४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण एक वर्षपछि सार्वजनिक गरिएको छ ।१३औँ दक्षिण एसियाली खेलकुद साग आयोजना गर्दा पूर्वाधारकै लागि हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले गत वर्ष सम्पन्न सागको सबै खर्च विवरण सार्वजनिक गर्ने क्रममा पूर्वाधारमै उक्त रकम खर्च भएको जनाएको हो।
राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले आइतबार पत्रकार सम्मेलन गर्दै साग आयोजना गर्दा आर्थिक वर्ष २०७६÷०७७ मा मात्र १ अर्ब ७५ करोड ७५ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ खर्च भएकोे बताए।
साग सकिएको १ वर्षपछि सदस्यसचिव सिलवालले पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन्।
सागका लागि दशरथ रगंशाला पुनर्निर्माणका लागि ३१ करोड ६३ लाख ३२ हजार १९ रुपैयाँ २७ पैसा खर्च भएको छ। रगंशालाका लागि हालसम्म ६८ करोड १ लाख ५६ हजार खर्च भएको छ।यस्तै हिटिङ पौडी पोखरीका लागि हालसम्म २२ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ। सातदोबाटोस्थित स्वास कोर्टका लागि ७ करोड ८० लाख, तेक्वान्दो तथा कराते एकेडेमी निर्माण गर्न १४ करोड ५० लाख खर्च भएको छ।
लनटेनिस कोर्टका लागि ३ करोड ९३ लाख, लैनचौर कभर्डहल मर्मत गर्न ३२ लाख ३ हजार ४ सय ४ रुपैयाँ, कीर्तिपुर क्रिकेट मैदान तथा कभर्डहलका लागि ३३ करोड ८१ हजार १ सय १ रुपैयाँ खर्च भएको छ।
पोखरा रंगशाला निर्माण गर्न १ अर्ब ४ करोड ५६ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ, पोखरा साग भेन्यु निर्माण ४ करोड ६० लाख, जनकपुरको धनुषा कभर्डहल मर्मतका लागि ३५ लाख रुपैयाँ खर्च भएको छ। च्यासल रंगशाला निर्माणका लागि २६ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ।
प्रतिक्रिया दिनुहोस्