कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
काठमाडौं, मंसिर १४ । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर बिष्टको मृत्यु भएको हो । उनलाई बेदकोट नगरपालिका(१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार ट्रकको ठक्करबाट प्रहरी हवल्दार विष्टको घटना स्थलमै मृत्यु भएको हो ।
विष्टलाई ठक्कर दिन ट्रक र सो ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्