प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सांसद्लाई आज निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने

काठमाडौं ।  प्रदेश २ बाट राष्ट्रियसभामा निर्विराेध निर्वाचित सांसद्लाई आज निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन आज हुन गइरहे पनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध भएसँगै अायाेगले केही दिनअघि उनीहरूलाई निर्वाचित घोषणा गरेको थियो ।

प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्न लागेको हो ।

प्रमाणपत्र वितरण कार्यक्रम दिउँसो ३ बजेका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्