काठमाडौं उपत्यकामा थपिए ८ सय २२ जना संक्रमित, ४ सय ८ संक्रमित आइसियु र भेन्टिलेटरमा
काठमाडौँ, मंसिर १२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३७९ महिला र ४४३ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा नेपालभर थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय ५४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११५ जना आइसियु र २९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३७ जना आइसियु र १० जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ११७ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन्।
यसअघि बिहीबार ३ सय ८९, बुधबार ४०८, मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।
नेपालमा २ लाख २९ हजार ३ सय ४३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख १० हजार ६ सय ७१ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्