नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ, ३ करोडभन्दा बढी ठगेको आरोप

काठमाडौँ, मंसिर १० । ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन्। ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा न्यौपाने पक्राउ परेका हुन् ।

नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।

उनलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको थापाले जानकारी दिए । न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ । इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा उनले ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामाथि ब्युरोले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्