१६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु

काठमाडौं , मंसिर १० । कञ्चनपुरमा एकजना बालकको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको छ ।बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।

तर उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्